उदयपुरमा आगलागी : दुई घर जलेर नष्ट
उदयपुर । ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो ।
टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली–१ का दिलबहादुर राईले जानकारी दिए ।
प्रहरी चौकी रुपाटारको टोली घटनास्थलमा पुगेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया