NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

बेष्ट फाइनान्सको संस्थापक सेयर लिलामीमा बिक्री गर्ने

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ८८ हजार २५२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले दुर्गा वोहराको नाममा रहेको ८८ हजार ७१ कित्ता र जगदिश चन्द्र श्रेष्ठको नाममा रहेको १८१ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र के कति दर र कित्ता खरिद गर्ने हो सोसमेत खुलाई कम्पनीको कमलादी, काठमाडौंमा रहेको प्रधान कार्यालयमा निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुलाई सेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष