बेष्ट फाइनान्सको संस्थापक सेयर लिलामीमा बिक्री गर्ने

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ८८ हजार २५२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले दुर्गा वोहराको नाममा रहेको ८८ हजार ७१ कित्ता र जगदिश चन्द्र श्रेष्ठको नाममा रहेको १८१ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र के कति दर र कित्ता खरिद गर्ने हो सोसमेत खुलाई कम्पनीको कमलादी, काठमाडौंमा रहेको प्रधान कार्यालयमा निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुलाई सेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया