टाइफाइडविरुद्ध खोप लगाउन छुटेका बालबालिकालाई आज र भोलि दिइँदै
काठमाडौं । टाइफाइडविरुद्ध खोप लगाउन छुटेका बालबालिकालाई आज र भोलि खोप दिइँदै छ । जिल्ला स्वास्थ्य कार्यालयलका अनुसार खोप केन्द्रीय अस्पतालमा लगाउन पाइने छ ।
गत चैत २४ गतेदेखि वैशाख ११ गतेसम्म टाइफाइडविरुद्ध खोप अभियान चलेको थियो । १५ महिना माथिका बालबालिकालाई उक्त खोप दिइरहेको छ । जेठ महिना देखि भने टाइफाइडविरुद्धको खोप बालबालिकाको नियमित खोप कार्यक्रममा समावेश हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार खोप कान्ति बाल अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार महिला तथा स्त्री रोग अस्पतालमा लगाइरहेको छ । त्यसै गरी त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, र नेपाल प्रहरी अस्पतालमा खोप लगाउन सकिने छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया