देउवाको गृहजिल्लाका प्रभावशाली नेता मल्लले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस डडेलधुराका पूर्वसभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् । डडेल्धुरा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । कुनै समय देउवाको सचिवालयमा बसेर काम गरेका मल्लको सम्बन्ध केही वर्षयता देउवासँग बिग्रेको छ ।
एमालेसँग मिलेर आफ्नै उम्मेदवारविरूद्ध बागी उम्मेदवार उठाएको आरोप लगाउँदै पार्टीले मल्ललाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो ।
नैतिकताको आधारमा पार्टीबाट प्रदेशसभा सदस्यमा बसिरहन आवश्यक नदेखिएकाले पदबाट राजीनामा दिएको उनले बताएका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया