हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । काठमाडौंबाट प्रकाशित दैनिक अखबारको मुख्य प्राथमिकतामा आज पनि स्थानीय तह निर्वाचन परेको छ । यसबाहेक अर्थतन्त्र, सुपारीको आयातलगायत विषयलाई पनि पत्रपत्रिकाले समेटेका छन् ।
कान्तिपुर र अन्नपूर्णले बागी फकाउन राज्य शक्ति दुरूपयोग भएको लेखेका छन् ।
‘देशभरका पालिका प्रमुखमा ७५३ पद भए पनि गठबन्धनकै सहयात्रीबाट १८७९ जनाको उम्मेदवारी परेको छ । तर कांग्रेस र माओवादी शीर्ष नेतृत्वको सम्पूर्ण शक्ति भरतपुरमा केन्द्रित छ । स्वतन्त्र बसाउन र नेताविशेषकी छोरीलाई मेयरमा जिताउन मन्त्रीहरू नै खटिएका छन्,’ कान्तिपुर दैनिकले लेखेको छ ।
भरतपुरको चितवनमा माओवादी अध्यक्ष प्रचण्डकी पुत्री रेनु दाहालविरुद्ध कांग्रेसका उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दिएपछि गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका मन्त्री उमेश श्रेष्ठ उनलाई फकाउन चितवन पुगेका छन् ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया