NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

चितवन मेडिकल कलेजमा ट्रमा सेन्टर सञ्चालन

काठमाडौं । चितवन मेडिकल कलेजले ट्रमा सेन्टर सञ्चालनमा ल्याएको छ । कलेजले बिरामीलाई २४ घण्टा सेवा दिने गरी ट्रमा सेन्टर सञ्चालनमा ल्याएको हो ।

घाइते र अन्य बिरामी एकै ठाउँमा राखेर उपचार गर्दा कहिलेकाही घाइते प्राथमिकतामा नपर्ने भएकाले छुट्टै ट्रमा सेन्टर सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

साथै उनले घाइतेको उपचारमा अझ बढी ध्यान पुगोस भनेर उक्त सेवा सुरु गरेको समेत बताए । उक्त ट्रमा सेन्टरमा आकस्मिक कक्ष, ट्रमा सघन उपचार कक्ष, ट्रमा शल्यक्रिया कक्ष, ट्रमा पोष्टअप तथा ट्रमा वार्ड रहेको छ ।

त्यस्तै ट्रमा सेन्टरमा घाइते परीक्षणका लागि आवश्यक पर्ने एक्सरे, सिटीस्क्यान, एमआरआई लगायत सम्पूर्ण सुविधा उपलब्ध रहेको सघन उपचारसम्बन्धि विशेषज्ञ डाक्टर वसन्त गौलीले जानकारी दिए ।