मालपोत अधिकृत सुनिलकुमार झाविरुद्ध ५ लाख भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं । भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध पाँच लाख बिगो रकमसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुल लिई भ्रष्टाचार गरेको आरोपमा आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
झाले जग्गासम्बन्धी हक सफा मुद्दामा उक्त मुद्दाको फैसला सुनाएवापत सेवाग्राहीसँग पाँच घुसररिसवत माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानबाट उनले सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
उनको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर भएकोले सोही ऐनअनुसार जरिवाना र कैद सजाय हुन मागदावी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया