को बन्लान् नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपी ?
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
उनीहरुको अवकाशसँगै सरकारले दुवै प्रहरी संगठनमा नयाँ आइजीपी नियुक्ति गर्दैछ । आईजीपी नियुक्तिका लागि प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रहरीको आईजीपी नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्णसँग परामर्श गरेका छन् । यस्तै उनले गठबन्धन दलका नेताहरुको सहमतिका लागि बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।
सत्ता गठबन्धनका नेताहरूसँगकाे छलफलपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्काे बैठक बाेलाएका छन् । ११ बजेका लागि बाेलाएकाे मन्त्रिपरिषद्काे बैठक अझै सुरू भएकाे छैन ।
आईजीपी नियुक्तिमा सशस्त्र प्रहरीमा खासै समस्या छैन् । सशस्त्र प्रहरी बलमा आईजीपीका लागि राजु अर्याल एकल दाबेदार हुन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको थियो । उनका प्रतिस्पर्धी डीआईजी नै छन् ।
नेपाल प्रहरीमा चाहिं विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक आईजीपीका दाबेदार हुन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया