NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

ओमआदि फाउण्डेसनले दियो दुई पालिकालाई एम्बुलेन्स

काठमाडौं । ओमआदि फाउण्डेसनले दुई पालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । फाउण्डेसनले झापाको कमल गाउँपालिका र बैतडीको सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

बालयोगी गुरु आदित्यको सदिच्छाबमोजिम सेवामूलक काम गर्न गत वैशाखमा कोरोना तीव्र भएदेखि आदित्य जनहित कल्याण कोष स्थापना भएको थियो । कोषका महासचिव भोलानाथ रेग्मीले कोषले यस वर्ष दुई एम्बुलेन्स हस्तान्तरण गरेको बताए । कोषमा बालयोगी आदित्यका शिष्यले इच्छाबमोजिम सहयोग जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सोही जम्मा भएको रकमबाट देशको पूर्व र पश्चिमका दुई दुर्गम गाउँपालिकाका स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको महासचिव रेग्मीले जनाए ।

फाउण्डेसनले गत वैशाखमा तीव्र रुपमा फैलिएको कोरोना महामारीको बेला देशका विभिन्न जिल्लामा औषधी, अक्सिजन तथा खाद्यान्न सहयोग गरेको थियो ।