NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

दार्चुलामा अनुमतिबिना यार्सागुम्बा संकलन गरिँदै

दार्चुला । दार्चुलामा अनुमतिबिना नै यार्सागुम्बा संकलन गरिदै छ । उक्त यार्सागुम्बा दुधिवन, अपिफेद, सातगंगा, चाइमेटला लगायतका क्षेत्रमा दार्चुलाका स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा संकलन गरेको हो ।

हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलन गर्नका लागि जेठ महिनाको दोस्रो सातादेखि अनुमति दिने गर्दछ । संरक्षण क्षेत्रले यार्सागुम्बा संकलनका लागि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमति पत्रबिना संकलन गर्न नपाइने जनाएको छ । वैशाख १५ गतेदेखि यार्सागुम्बा संकलन गर्नका लागि अनुमतिपत्र वितरण सुरु गरिएको र यार्सा संकलन गर्न भने जेठ दास्रो साताबाट पाइने प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले जनाए ।

यार्सागुम्बा संकलकले प्रतिव्यक्ति ५०० रुपैयाँ तथा संरक्षण क्षेत्र बाहिरकाले २००० रुपैयाँ त्यस्तै जिल्ला बाहिरकाले परीचयपत्रका लागि ३००० रुपैयाँ तिर्नुपर्ने कार्यालयले उल्लेख गरेको छ ।

कार्यालयका अनुसार अनुमति बिना यार्सागुम्बा संकलन गरेमा यार्सागुम्बा जफत गरी कानुन बमोजिम कारबाही हुने छ । जिल्लाबाट वार्षिक पाँच देखि सात क्वीन्टलसम्म यार्सा निकासी हुन्छ ।