दार्चुलामा अनुमतिबिना यार्सागुम्बा संकलन गरिँदै
दार्चुला । दार्चुलामा अनुमतिबिना नै यार्सागुम्बा संकलन गरिदै छ । उक्त यार्सागुम्बा दुधिवन, अपिफेद, सातगंगा, चाइमेटला लगायतका क्षेत्रमा दार्चुलाका स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा संकलन गरेको हो ।
हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलन गर्नका लागि जेठ महिनाको दोस्रो सातादेखि अनुमति दिने गर्दछ । संरक्षण क्षेत्रले यार्सागुम्बा संकलनका लागि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमति पत्रबिना संकलन गर्न नपाइने जनाएको छ । वैशाख १५ गतेदेखि यार्सागुम्बा संकलन गर्नका लागि अनुमतिपत्र वितरण सुरु गरिएको र यार्सा संकलन गर्न भने जेठ दास्रो साताबाट पाइने प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले जनाए ।
यार्सागुम्बा संकलकले प्रतिव्यक्ति ५०० रुपैयाँ तथा संरक्षण क्षेत्र बाहिरकाले २००० रुपैयाँ त्यस्तै जिल्ला बाहिरकाले परीचयपत्रका लागि ३००० रुपैयाँ तिर्नुपर्ने कार्यालयले उल्लेख गरेको छ ।
कार्यालयका अनुसार अनुमति बिना यार्सागुम्बा संकलन गरेमा यार्सागुम्बा जफत गरी कानुन बमोजिम कारबाही हुने छ । जिल्लाबाट वार्षिक पाँच देखि सात क्वीन्टलसम्म यार्सा निकासी हुन्छ ।
ताजा अपडेट
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने


प्रतिक्रिया