जनकपुर विमानस्थलको सुरक्षा नेपाली सेनालाई
धनुषा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरू निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो ।
आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएका छन् ।
जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा निर्वाचनमा उनीहरू खटेकाले यस अवधिभरका लागि नेपाली सेनाले विमानस्थलको सुरक्षा गर्ने बताए ।
अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका छन् ।
एक्सरे मेसिन तथा विमानस्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरुषका लागि पुरुष प्रहरी खटेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया