पायल्स के हो ? के होइन ? उपचार कसरी गर्ने ?
काठमाडाैँ । पायल्सलाई मेडिकल भाषामा हेमोरोइटर्स भनिन्छ । मुख्यतया पायल्स तीन चरणका हुन्छन् । पहिलो चरण भनेको पायल्सका बिरामीलाई दिसा गर्दा दिसामा रगत देखापर्ने गर्छ ।
दोस्रो चरण भनेको दिसा गर्दा दिसा सँगसँगै केही वस्तु बाहिर आएकोजस्तो अनुभव हुन्छ र बाहिर केही वस्तु निस्किन्छ पनि ।
तर, बाहिर निस्किने र दिसा गरिसकेपछि आफैँ भित्र पस्ने गर्छ । तेस्रो चरण बढी जोखिम मानिन्छ । दिसा गर्दा बाहिर निस्किएको मासु भित्र नपस्ने र बाहिरको बाहिरै रहने हुन्छ ।
– यदि दिसा नियमित सारो भएको खण्डमा दिसालाई नरम बनाउने औषधि चलाउनुपर्ने हुन्छ ।
– पहिलो अवस्थामै यसलाई कुनै मेडिकल उपचार गर्नु पर्दैन, तर सामान्य औषधिको प्रयोग मात्रै हो । सर्जिकल अवस्थामा जानुपर्दैन ।
– बाहिर रक्तनलीहरू निस्किएको हुन्छ, कतिपय अवस्थामा सामान्य उपचारमा त्यो आफैँ भित्र जाने हुन्छ । यसलाई इन्जेक्सनका माध्यमबाट सुकाउने पनि गरिन्छ ।
– यति गर्दा पनि निस्किएको मासु भित्र नपसेको खण्डमा यसको अप्रेसनको विकल्प छैन । यसका लागि एक मात्र विकल्प अप्रेसन नै हो ।
–बाहिर निस्किएको मासुलाई काटेर फाल्नुपर्ने हुन्छ, यसले संक्रमण निम्त्याई अल्सर हुँदै क्यान्सरसम्म हुन जान्छ ।
– अप्रेसन पनि फोहोर हुने स्थानमा गर्नुपर्ने भएका कारण दिसा–पिसाब गर्दैमा संक्रमण हुने गर्छ ।
– पायल्सको समस्या जाडोमा अलि बढीजस्तो देखिए पनि संक्रमणको हिसाबले हेर्दा गर्मीमा बढी हुने गर्छ । जाडोमा पानी कमी भएका कारणले केही समस्या निम्त्याउन सक्छ ।
– दिसामा कतै रगतको मात्रा देखापर्नासाथ चिकित्सकसमक्ष पुग्नैपर्छ । यदि धेरै रगत गएर रक्तअल्पता हुन जान्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया