गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा तीनको मृत्यु
गोरखा । जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी गोरखामा सोमबार साँझ तीन जनाको मृत्यु भएको छ ।
चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए ।
बा १४ च ७८१ नंम्बरको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उनले बताए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया