हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । केही सातादेखि निर्वाचनमय दैनिक अखबारहरू आज पनि यही विषयको वरिपरि केन्द्रित छन् ।
अन्नपूर्णले आज राउटे समुदायको मताधिकारबारे मुख्य समाचार बनाएको छ । कर्णालीमा राउटेको कुल जसंख्या १४५ छ । १८ वर्ष पूरा भएका र मतदाता हुन योग्य ६९ जना छन् । तर उनीहरूले अहिलेसम्म मताधिकार प्रयोग गर्न पाएका छैनन् ।
इँटाभट्टामा सर्वसाधारणलाई जिउँदै जलाएको आरोप खेपेर हाल नख्खु कारागारमा रहेका सांसद् मो. अफताब आलमका कान्छा छोरा मो. राजिक आलम बाबुको बिरासत धान्ने घोषणासहित चुनावमा होमिएको कान्तिपुरले लेखेको छ । बहालवाला मेयरका उम्मेदवारलाई पन्छाएर त्यहाँ विवादास्पद छविका आलमपुत्रलाई कांग्रेसले टिकट दिएको हो ।


ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया