माओवादीका उम्मेदवारमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
काठमाडौं । बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–५ का वडा सदस्य उम्मेदवार हरिराम साउदमाथि सोमबार राति खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट ६० वर्षीय साउदको टाउकोमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ सम्भव नभएपछि धनगढी पठाइएको छ ।
साउद माओवादी केन्द्रको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेका थिए । अजित साउदको समूहले हरिराममाथि आक्रमण गरेको स्थानीयले आरोप लगाएका छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया