सय ग्राम सुनसहित विमानस्थलबाट युवक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवक अवैध सुनसहित पक्राउ परेका छन् । प्रहरीले रूपन्देहीका २८ वर्षीय युवकलाई १०० ग्राम सुनसहित मंगलबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका युवक मंगलबार बिहान जजिरा एअरमार्फत कुवेतबाट काठमाडौं ओर्लिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले मिक्सरको भित्री भागमा करिब १०० ग्रामको सुन लुकाइ छिपाइ ल्याएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
नियमानुसार विदेशबाट आउने नेपालीले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । तर यसरी ल्याउनुपूर्व भन्सार कार्यालयलाई जानकारी गराएर राजस्व दाखिला गर्नुपर्छ । तर ती युवकले राजस्व दाखिलाबेगर सुन लैजान खोजेको बताइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया