सय ग्राम सुनसहित विमानस्थलबाट युवक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवक अवैध सुनसहित पक्राउ परेका छन् । प्रहरीले रूपन्देहीका २८ वर्षीय युवकलाई १०० ग्राम सुनसहित मंगलबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका युवक मंगलबार बिहान जजिरा एअरमार्फत कुवेतबाट काठमाडौं ओर्लिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले मिक्सरको भित्री भागमा करिब १०० ग्रामको सुन लुकाइ छिपाइ ल्याएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
नियमानुसार विदेशबाट आउने नेपालीले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । तर यसरी ल्याउनुपूर्व भन्सार कार्यालयलाई जानकारी गराएर राजस्व दाखिला गर्नुपर्छ । तर ती युवकले राजस्व दाखिलाबेगर सुन लैजान खोजेको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया