बिहान छिटो उठ्ने उपाय
काठमाडाैं । धेरै मानिसहरु बिहान उठ्न चाहन्छन् तर कुनै न कुनै कारणले आफ्नो इच्छा पूरा गर्न सक्दैनन् ।
कामको बोझ र थकाईका कारण पनि बिहान समयमै उठ्न सकिएकाे हुँदैन । बिहान छिटाे सजिलै उठ्ने उपाय तल दिइएकाे छ । यी उपाय अपनाए जो पनि बिहान छिटो उठ्न सक्छ ।
१. अर्लामलाई सुतेरै बन्द गर्न सक्ने ठाउँमा राख्नु हुँदैन । यसलाई आफूबाट टाढा राख्नुहोस् । जसलाई बन्द गर्नको लागी ओछ्यानबाट उठ्नु परोस् ।
२. बेलुका कम प्रोटीन भएका खानेकुराहरु खाने बानीले छिटो निन्द्रा लाग्छ । बेलुका छिटाे सुतेपछि बिहान उठ्न सजिलाे हुन्छ ।
३.अर्लाम बज्ने बित्तीकै उठ्ने गर्दै जानुहोस् । यसले छिटो उठ्न मद्दत गर्छ । अर्लामलाई पटक पटक बन्द गर्ने नगर्नुहोस् । यस्तो गर्नाले हामी झनै अल्छी बन्दै जान्छौँ ।
४. बिहान छिटो उठ्नको लागी तपाई सुत्ने बेलामा उत्साहित, खुसी हुनुहोस् । सुत्नुभन्दा पहीले मलाई बिहान छिट्टै उठ्नु छ भन्ने कुरा मनन गर्नुहोस् ।
५. फोन, टेबल या कुनैपनि ईलेक्ट्रोनिक्स सामानहरुलाई साथमा राखेर नसुत्नुहोस् । यस्ता सामानहरु साथमा राख्नाले ढिलो निन्द्रा लाग्छ । जसले गर्दा हामी बिहान छिटो उठ्न सक्दैनौं ।
६ .बिहान छिटो उठ्नका लागि कोठाको तापक्रमले पनि महत्वपूर्ण भूमिका खेल्छ । सुत्ने कोठाको तापक्रम १८ देखि २२ डिग्रीको बीचमा हुनुपर्छ ।
७. बिहान र दिउँसाेकाे घाममा बस्नुपर्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया