बिहान उठ्नेबित्तिकै यी चीज हेर्नुहुँदैन

काठमाडौं । हामीले पक्कै सुनेकै छाैं, बिहान उठ्ने बित्तिकै राम्रो चीजहरू देख्याे भने दिन पनि राम्राेसँग बित्छ भनेर । वास्तु शास्त्रका अनुसार मानिसहरूले उठ्ने बित्तिकै देख्ने वस्तुले पनि दिन कस्ताे हुन्छ भनेर निर्धारण गर्ने भएकाले घरमा सकेसम्म नकारात्मक उर्जा दिन चीजहरू राख्न हुँदैन ।
कतिपय अवस्थामा मिहिनेत गर्दा पनि न फल मिल्छ, न त काम नै बन्छ । वास्तुअनुसार बिहान उठ्ने बित्तिकै ती चीजहरू देख्नाले यस्ताे हुन्छ । वास्तु अनुसार बिहान उठ्ने बित्तिकै हेर्न नहुने वस्तुहरू निम्न छन् :
वास्तुका अनुसार बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिला आफ्नो अनुहार ऐनामा हेर्नुहुँदैन । किनभने बिहानको समयमा हाम्रो शरीरमा नकारात्मक ऊर्जा बढी हुन्छ, जुन अनुहारबाट बाहिर निस्कन्छ । त्यसैले सबैभन्दा पहिले उठेर अनुहार धुने र त्यस पछि मात्र ऐनामा हेर्नुपर्छ ।
वास्तुका अनुसार राति भान्सामा फोहोर भाँडाकुँडा छोड्दा गरिबी बढ्छ । त्यसैगरी बिहान उठेर फोहोर भाँडाकुँडा सफा गरेमा शरीरमा सकारात्मक उर्जाको प्रवाह कम हुन्छ । त्यसैले सुत्नुअघि भाँडाकुँडा धुनुका साथै भान्साकोठालाई सधैं सफा गर्नुपर्छ ।
वास्तुका अनुसार घरमा बन्द घडी कहिल्यै राख्नु हुँदैन । यदि तपाईं बिहान उठेर बन्द घडी देख्नुहुन्छ भने, तपाईंको खराब समय सुरु भएको छ । त्यसैले बिहान उठ्ने बित्तिकै बन्द घडी हेर्नु हुँदैन ।
वास्तुका अनुसार बिहान उठ्नेवित्तिकै कुनै पनि आक्रामक जनावर र चराको तस्बिर हेर्नु हुँदैन । किनकि बिहानै देखेपछि दिनभर कुनै न कुनै विवादमा फस्ने सम्भावना हुन्छ । त्यसैले घरमा यस्ता तस्बिरहरू कहिल्यै राख्नुहुँदैन ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया