हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । दैनिक अखबारहरूले स्थानीय तह निर्वाचनलाई आज विभिन्न कोणबाट चर्चा परिचर्चा गरेका छन् ।
कान्तिपुर दैनिकले एकतिहाइ पालिकामा मात्रै सत्ता साझेदार दलको गठबन्धन कायम भएको लेखेको छ । देशभरका ७५३ स्थानीय तहमा तालमेल गर्ने निर्णय गरे पनि २०९ स्थानीय तहमा मात्रै गठबन्धन सफल भएको हो ।
अन्नपूर्णले दुर्गम क्षेत्रको चुनावी माहोलमाथि नजर लगाएको छ । अन्नपूर्णका अनुसार, गोरखाको चुमनुब्री गाउँपालिकाका स्थानीय चुनावको कुनै रौनक छैन । स्थानीय घरमा ताला लगाएर लेकतिर उक्लिएका छन् ।
नयाँ पत्रिका दैनिकले वीरगञ्ज महानगरपालिकामा शक्ति र पैसाको बलमा प्रतिस्पर्धा हुन लागेको लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्र दैनिकमा माध्यमिक तहको शिक्षक परीक्षामा १२ प्रतिशत मात्रै उत्तीर्ण भएको खबर छ ।

ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया