कांग्रेसको पहिलो चुनावी सभा विराटनगरमा, को–को पुग्दैछन् नेता ?
काठमाडौं । ३० वैशाखमा हुने निर्वाचनलाई लक्षित गर्दै चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगर पुग्दैछन् । १२ बजेपछि विराटनगर महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्न देउवा त्यसतर्फ लागेका हुन् ।
चुनावी सभामा नेता रामचन्द्र पौडेल, विश्वप्रकाश शर्मासहितका नेता विराटनगर पुग्दैछन् । विराटनगरमा नै रहेका नेता डा. शेखर कोइराला पनि चुनावी सभामा सहभागी हुँदैछन् ।
विराटनगरमा नागेश कोइराला सत्ता गठबन्धनको तर्फबाट मेयर पदमा कांग्रेसबाट उम्मेदवार बनेका छन् । उपमेयरमा अमरेन्द्र यादव उम्मेदवार छन् । उनी जसपा अध्यष उपेन्द्र यादवका छोरासमेत हुन् ।
विराटनगरमा कांग्रेसले मेयर र जसपाले उपमेयर लिएर चुनावी तालमेल गरेका हुन् । कांग्रेसले प्रमुख १० सहरमा गर्ने चुनावी सभाको पहिलो कार्यक्रममा विराटनगरमा देउवा पुगेका हुन् । दोस्रो कार्यक्रम वाग्मती प्रदेशको चितवनमा भोलि हुँदैछ ।
२०७४ सालमा विराटनगरमा मेयर र उपमेयर दुवै कांग्रेसले जितेकाे थियाे ।
चितवनको सभालाई पनि देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितले सम्बोधन गर्नेछन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया