हरियो खुर्सानीले गर्मीबाट बचाउँछ
काठमाडौं । हरियो खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । खासगरी गर्मीमा हरेक दिन हरियो खुर्सानी खाएमा गर्मी लाग्दैन ।
यसका साथै यसले गम्भीर रोगबाट बचाउन पनि सहयोगी साबित हुनेछ । हरियो खुर्सानीमा भिटामिन सी, एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ ।
हरियो खुर्सानीमा क्याप्साइसिन नामक तत्व पाइन्छ । क्याप्साइसिनले मस्तिष्कमा रहेको पोथालेमसलाई सक्रिय राख्न मद्दत गर्छ, जसले गर्दा शरीरको तापक्रम नियन्त्रण हुन्छ ।
गर्मीयाममा हरियो खुर्सानीको सेवनले लुबाट पनि बच्न सकिने चिकित्सकहरुको भनाइ छ । यदि हरियो खुर्सानीबाट एलर्जी छैन भने दैनिक १० देखि १२ ग्राम हरियो खुर्सानी खान सकिन्छ ।
हरियो खुर्सानी खाँदा मेटाबोलिजम ५० प्रतिशतले बढ्छ । यसका साथै यसले रक्तसञ्चार बढाउँछ । धेरैले काँचै हरियो खुर्सानी खाने गर्छन्, जुन गलत तरिका हो । एसिडिटीबाट बच्न यसलाई सलाद, चटनी वा अचारमा समावेश गर्न सकिन्छ ।
हरेक दिन हरियो खुर्सानी खाँदा रगतमा चिनीको मात्रा सामान्य रहने अनुसन्धानले देखाएको छ । यसले मधुमेहका बिरामीलाई पनि फाइदा पुग्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया