रारा नगरपालिकामा २९ लाख ७७ हजार भ्रष्टाचार गर्ने इञ्जिनियर सहित ५ जना विरुद्ध अख्तियारको मुद्धा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पैदल बाटोमा पक्की सिढी निर्माण गर्दा भ्रष्टाचार भएको भन्र्दै ५ जना विरुद्ध मुद्धा दायर गरेको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नं २ मा २०७४÷०७५ मा पैदलबाटोलाई पक्की सिंढी बनाउँदा मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
बास्तविक कार्यभन्दा बढी देखाएर प्रमुख प्रशासकिय अधिकृत, इञ्जिनियर, सब इञ्जिनियर तथा उपभोत्ता समितिको अध्यक्ष मिलेर २९ लाख ७७ हजार हिनामिना गरेको अख्तियारको ठहर छ ।
अख्तियारले उक्त भ्रष्टाचार जन्य काममा संलग्न भएको आरोपमा सब इञ्जिनियर हस्तबहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, उपभोत्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया