जुम्लामा सुख्खा पहिरो : दुई बालकको मृत्यु
काठमाडौं । जुम्लामा सुख्खा पहिरो खस्दा दुईजना बालकको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिकामा घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट पहिरो खस्दा दुई बालकको मृत्यु भएको हो ।
जुम्लाका प्रहरीका अनुसार तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खसेको थियो ।
मृत्यु हुनेमा तीन वर्षीय बालक शिशिर बोहोरा र हिमिश रावत छन् । मृतक बालक शिशिरकी आमा लक्ष्मी बोहोरा पनि घाइते भएकी छिन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया