कांग्रेस नेता आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले विस्फोटक पदार्थ र बम प्रयोग गरी ज्यान मारेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
पूर्वमन्त्रीसमेत रहेका आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।
शुक्रबार आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ ।
यसअघि जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि आलमलाई थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरको थियो ।
सोविरुद्ध आलमले सर्वोच्चमा ०७७ मा फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।
०६४ को संविधानसभाको निर्वाचनका बेला रौतहटबाट उठेका आलमले चुनाव जित्न बम आतंक फैलाउन खोजेका थिए । बम बनाउने क्रममा विस्फोट भएको थियो । चैत २७ गते भएको उक्त घटानाका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।
यो घटना १२ वर्षपछि बाहिरिएको थियो । त्यसपछि उनी सांसद पदबाट निलम्बित भएका छन् । अहिले उनी थुनामा छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया