प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाई नियुक्त
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सल्लाहकारको रुपमा काम गर्दै आइरहेका सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले प्रसाईलाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिले स्वीकृत गरे पछि मात्रै सञ्चालक समितिले आगामी चार वर्षका लागि नियुक्त गर्न सक्ने व्यवस्था छ ।
कम्पनीले गत फागुनमा प्रसाईलाई सल्लाहकारको रुपमा भित्र्याएको थियो । उनलाई सल्लाहकारमा भित्र्याएसँगै निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजिनामा दिएका थिए । पौडेलले राजिनामा दिएसँगै कम्पनीले प्रसाईलाई नै नियुक्ति गर्ने भएको हो ।

ताजा अपडेट
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी


प्रतिक्रिया