बजारमा पाइनेजस्तै एलोभेरा जेल घरमै यसरी तयार गर्न सकिन्छ

एलोभेरा हाम्रो छाला स्वस्थ राख्नका लागि सबैभन्दा राम्रो बिरुवा मानिन्छ । विशेषगरेर एक्जिमा, सनबर्न र स्किनसँग सम्बन्धित धेरै समस्याहरुको लागि अति उपयुक्त मानिन्छ । तपाईं यसको जेल घरमा नै बनाउँन सक्नुहुन्छ ।
एलोभेरा एक उपयोगी बिरुवा हो जुन आजकल घर–घरमै पाइन्छ । यसको पात मोस्चराइजिङ गुणले भरिपूर्ण हुन्छ । यो छालाको लागि मात्र नभएर हाम्रो कपालको लागि पनि अति उपयोगी र धेरै फाइदाजनक मानिन्छ ।
आजकल मानिसहरू बजारमा किन्न पाइने एलोभेरा जेल किनेर अनुहारमा लगाउने गर्दछन् । तर बजारमा पाइने एलोभेरा जेलमा हानिकारक कलर केमिकल हुन्छन् । जसले खतरा उत्पन्न गर्न सक्छन् । तर तपाईं यदि तपाई चाहनुहुन्छ भने आफैंले घरमानै एलोभेरा जेल बनाउँन सक्नुहुन्छ ।
यदि तपाईंको घरमा एलोभेराको बिरुवा छ भने यसको जेल निकालेर आफ्नो लागि जेल बनाउँन सक्नुहुन्छ । यसका लागि तपाईंलाई कति पनि मेहनत गर्नुपर्ने छैन ।
घरमै यसरी बनाउन सकिन्छ इलोभेरा जेल सामग्री
१. एलाभेराको पात
२. चक्कु
३. सानो चम्चा
४. ब्लैण्डर
५. एक एयर टाइट कन्टेनर
बनाउने तरिका
१. सबै सामग्रीलाई जम्मा गर्नुहोस् । जेल बनाउँनको लागि लगभग ३० मिनेटको आवश्यकता हुन्छ । एलोभेराको बोटबाट सबैभन्दा मोटो पत्ता टिप्नुहोस् किनकि यसमा सक्रिय तत्व अधिक मात्रामा हुन्छ ।
२. अब चक्कु वा पेपर कटरको मद्दतले पातको छेउबाट काट्नुहोस् र फेरि यसलाई बीचबाट क्युब्समा काट्नुहोस् ।
३. यसबाट निस्कने जेललाई चम्चाको मद्दतले एक कचौरामा निकाल्नुहोस् ।
४. अब, ब्लैण्डरमा जेल हाल्नुहोस । यो राम्रोसँग लेदो नभएसम्म ब्लैण्ड गर्नुहोस् ।
५. तपाईंको जेल तयार भयो । अब यसमा भिटामिन सी र ई क्याप्सुल मिलाउनुहोस् । यी दुई एन्टी–एजिङ र एन्टी अक्सिडेन्ट गुण हुन्छ । कति दिनसम्म प्रयोग गर्न सक्नुहुन्छ ? विना प्रिज्वेटिब यो जेल लामो समयसम्म प्रयोग गर्न अलि मिल्दैन । यसैले यसको जम्मा एक वा दुई वटा पातको मात्र बनाउनुहोस् । यसलाई अलि समयसम्म चलाउँनको लागि यसमा भिटामिन सी र ई क्याप्सुल मिलाउनुहोस् ।
ताजा एलोभेरा जेलको उपयोग कसरी गर्ने
१. तपाईं आफ्नो छालामा सिधै एलाभेरा जेलको उपयोग गर्न सक्नुहुन्छ । यदि चाहनुहुन्छ भने कुनै स्मुद ड्रिङकमा मिलाएर यसको फाइदा उठाउन सक्नुहुन्छ ।
२. एलोभेरा जेल सनबर्न, सानोतिनो चोट या एलर्जी आदिको समस्या भएमा पनि लगाउन सकिन्छ ।
३. यसमा धेरै मात्रामा भिटामिन र मिनरल पाइन्छ । जुन घाउ भर्न र छालालाई सुन्दर र स्वस्थ बनाउँन मद्दत गर्दछ । एलोभेरा जेल
कसले प्रयोग गर्नु हुँदैन ?
गर्भवती र स्तनपान गराउँने महिलाले र १२ वर्षभन्दा कम उमेरका बच्चाले एलोभेरा जेल सकेसम्म प्रयोग गर्नुहुँदैन । यसले तपाईंको शरीरमा कस्तो प्रतिक्रिया देखाइको छ यस कुरालाई पनि ध्यान दिन आवश्यक हुन्छ । यदि यसको प्रयोग पश्चात तपाईंलाई चिलाउने, जलन हुने जस्ता समस्या देखिएमा लगाउन बन्द गर्नुपर्दछ ।
प्रतिक्रिया