सचिवको दरबन्दी व्यापक कटौती गर्न सुझाव
काठमाडौं । हालको सचिवको दरबन्दी ठूलो भएको निष्कर्ष निकाल्दै त्यसमा व्यापक कटौती गर्नुपर्ने निष्कर्ष निकालिएको छ । हाल ७२ सचिवको दरबन्दी छ । यसमा २३ जना कटौती गरेर ४९ मा झार्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख (सचिव) लक्ष्मण अर्याल संयोजकत्वको कार्यदलको ठहर छ ।
सचिवको संख्या कटौती गरेपछि कार्यदलले अतिरिक्त सचिवको प्रस्ताव गरेको छ । ‘अन्य आयोग’, दुई सचिव भएका मन्त्रालय, सचिव नभए पनि हुने कार्यालयहरूमा अतिरिक्त सचिव राख्न सकिने सुझाव उसको छ ।
यसका लागि कार्यदलले ८० अतिरिक्त सचिवको प्रस्ताव गरेको छ । अतिरिक्त सचिवलाई पनि विशिष्ट श्रेणीमै राखिएको छ । यसरी सचिव र अतिरिक्त सचिव गरेर विशिष्ट श्रेणीमा एक सय २९ जनाको दरबन्दी कार्यदलले सुझाएको छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया