सचिवको दरबन्दी व्यापक कटौती गर्न सुझाव
काठमाडौं । हालको सचिवको दरबन्दी ठूलो भएको निष्कर्ष निकाल्दै त्यसमा व्यापक कटौती गर्नुपर्ने निष्कर्ष निकालिएको छ । हाल ७२ सचिवको दरबन्दी छ । यसमा २३ जना कटौती गरेर ४९ मा झार्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा नतिजा व्यवस्थापन महाशाखा प्रमुख (सचिव) लक्ष्मण अर्याल संयोजकत्वको कार्यदलको ठहर छ ।
सचिवको संख्या कटौती गरेपछि कार्यदलले अतिरिक्त सचिवको प्रस्ताव गरेको छ । ‘अन्य आयोग’, दुई सचिव भएका मन्त्रालय, सचिव नभए पनि हुने कार्यालयहरूमा अतिरिक्त सचिव राख्न सकिने सुझाव उसको छ ।
यसका लागि कार्यदलले ८० अतिरिक्त सचिवको प्रस्ताव गरेको छ । अतिरिक्त सचिवलाई पनि विशिष्ट श्रेणीमै राखिएको छ । यसरी सचिव र अतिरिक्त सचिव गरेर विशिष्ट श्रेणीमा एक सय २९ जनाको दरबन्दी कार्यदलले सुझाएको छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया