क्युवाको चर्चित पाँचतारे होटलमा ग्यास विस्फोट हुँदा २२ को मृत्यु
काठमाडौं । क्युवाको पाँचतारे होटलमा भएको भीषण विष्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।
स्थानीय अधिकारीका अनुसार पुरानो हवानाको सारातोगा होटलमा शुक्रबार भीषण विस्फोट भएको थियो । यसको पछाडि ग्यास चुहावट भएको बताइएको छ । महामारीका बेला बन्द गरिएको होटल ऐतिहासिक महत्वको पाँच तले भवनमा थियो । होटल अबको चार दिनमा खोल्ने तयारी गरिएको थियो ।
दुर्घटनाका कारण भवन पुरै भत्किएको र हेर्दा भग्नावशेषजस्तै देखिन्छ । होटलको अधिकांश बाहिरी पर्खालमा क्षति पुगेको छ ।
भग्नावशेषमा फसेका मानिसहरुको उद्दारका लागि राहत तथा उद्धार कार्य जारी रहेको छ । दुर्घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन्, जसलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ ।
क्युवाली राष्ट्रपतिले मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको बताए । होटलबाट एक ब्लक टाढा बस्दै आएकी एक महिलाले विस्फोट भयानक भएकोले भूकम्प गएको जस्तो अनुभूति भएको बताइन् ।
विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । होटल पछाडि रहेको विद्यालयमा भने कुनै क्षति नपुगेको बताइएको छ । स्थानीय अधिकारीहरूले सबै बालबालिकालाई विद्यालयबाट सुरक्षित रूपमा बाहिर निकालिएको पुष्टि गरेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया