सर्वाधिक सफल क्लब युनाइटेड च्याम्पियन्स लिगमा त के युरोपा लिगमा समेत छनोट हुन सकेन
काठमाडौं । इंग्लिस प्रिमियर लिगको सर्वाधिक सफल क्लब म्यानचेस्टर युनाइटेडले अर्को वर्ष च्याम्पियन्स लिग नखेल्ने निश्चित भएको छ ।
प्रिमियर लिगअन्तर्गत गएराति तुलनात्मक कमजोर क्लब ब्राइटनसँग ४–० को लज्जास्पद हार ब्यहोरेपछि तीन पटकको विजेता युनाइटेडको एक खेलअघि नै च्याम्पियन्स लिग खेल्ने सम्भावना सकिएको हो ।
यस हारसँगै सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित युनाइटेड ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
युनाइटेडले युरोपा लिगमा समेत स्थानमा बनाउन सकेन । युनाइटेड अहिले कन्फ्रेन्स लिगको स्थानमा छ ।
प्रिमियर लिगमा शीर्ष ४ मा रहेका टोलीले मात्र युरोपकै सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता खेल्न पाउँछन् ।
पाँचौ स्थानमा रहनेले युरोपा लिग तथा छैटौंमा रहनेले कन्फ्रेन्स लिग खेल्न पाउँछन् । युनाइटेडले कन्फ्रेन्स लिग खेल्ने भने निश्चित भएको छ ।
युनाइटेड इग्लिस फुटबल लिगको सर्वाधिक सफल क्लब हो । उसले सर्वाधिक २० पटक इंग्लिस शीर्ष लिग जितेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया