हेर्नुहोस् सोमबारका पत्रपत्रिकाको फ्रन्टपेज
काठमाडौं । राष्ट्रिय दैनिक पत्रिकाहरू आज पनि स्थानीय तह निर्वाचनमय छन् । कुनैले स्थानीय तह निर्वाचनको सुरक्षाबारे समाचार बनाएका छन् भने कुनैले बालबालिका प्रयोग, आचारसंहिताको पालनालगायत विषयमाथि नजर लगाएका छन् ।
चुनाव प्रचारमा बालबालिका प्रयोग गरिएको कान्तिपुरले लेखेको छ । कान्तिपुरका अनुसार बालबालिकालाई चुनाव चिह्न अंकित टिसर्ट, टोपी र स्टिकर दिएर सभा–जुलुसको संख्या बढाउन प्रयोग गरिएको छ । त्यसैगरी, दलका कार्यक्रममा भाषण गर्न, नाचगान गर्न तथा नारा लगाउन र पर्चा बाँड्न पनि बालबालिकालाई लगाइएको छ ।
नयाँ पत्रिका दैनिकले स्थानीय तह निर्वाचनलाई सुरक्षासँग जोडेर मुख्य समाचार बनाएको छ । सरकारी मुखपत्र गोरखापत्रको नजरचाहिँ काठमाडौंको नालामाथि परेको छ । रुस–युक्रेनबीच युद्ध जारी रहे पनि यी देशका नागरिकले मिलेर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकोलाई गोरखापत्रले एंकर बनाएको छ ।
कारोबारमा अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँबारे खबर छ भने राजधानीले आचारसंहिता पालनमा दलको अवस्थाबारे चिहाएको छ ।
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया