हेर्नुहोस् सोमबारका पत्रपत्रिकाको फ्रन्टपेज
काठमाडौं । राष्ट्रिय दैनिक पत्रिकाहरू आज पनि स्थानीय तह निर्वाचनमय छन् । कुनैले स्थानीय तह निर्वाचनको सुरक्षाबारे समाचार बनाएका छन् भने कुनैले बालबालिका प्रयोग, आचारसंहिताको पालनालगायत विषयमाथि नजर लगाएका छन् ।
चुनाव प्रचारमा बालबालिका प्रयोग गरिएको कान्तिपुरले लेखेको छ । कान्तिपुरका अनुसार बालबालिकालाई चुनाव चिह्न अंकित टिसर्ट, टोपी र स्टिकर दिएर सभा–जुलुसको संख्या बढाउन प्रयोग गरिएको छ । त्यसैगरी, दलका कार्यक्रममा भाषण गर्न, नाचगान गर्न तथा नारा लगाउन र पर्चा बाँड्न पनि बालबालिकालाई लगाइएको छ ।
नयाँ पत्रिका दैनिकले स्थानीय तह निर्वाचनलाई सुरक्षासँग जोडेर मुख्य समाचार बनाएको छ । सरकारी मुखपत्र गोरखापत्रको नजरचाहिँ काठमाडौंको नालामाथि परेको छ । रुस–युक्रेनबीच युद्ध जारी रहे पनि यी देशका नागरिकले मिलेर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकोलाई गोरखापत्रले एंकर बनाएको छ ।
कारोबारमा अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँबारे खबर छ भने राजधानीले आचारसंहिता पालनमा दलको अवस्थाबारे चिहाएको छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया