मदिरा बिक्री वितरण तथा सेवनमा रोक
जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मंगलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मंगलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिएका छन् । निर्वाचनलाई लक्षित गरी मंगलबारदेखि नेपाल-भारत सिमा नाका बन्द रहनेसमेत उनले बताए ।
स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पदार्थ (मदिरा) को बिक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै गते मंगलबार राति १२ बजेदेखि शुक्रबारसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्ण बन्द रहने प्रजिअ पौडेलको भनाइ छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको उनले बताए ।
मंगलबार राति १२ बजेदेखि ३० गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी ट्यांकर, दमकल, दूरसञ्चार सेवा/शव बाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावरी साधन र अनुमति प्राप्त सवारी साधनबाहेकका सावरी साधन सञ्चालनमा निषेध गरिएको प्रजिअ पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया