भिडियाे बनाउँदा बनाउँदै नक्कली सलमान खान पक्राउ
मुम्बई । बलिउड अभिनेता सलमान खानजस्तै मानिने आजम अन्सारीलाई सार्वजनिक स्थलमा शान्ति भंग गरेको आरोपमा उत्तर प्रदेश प्रहरीले आइतबार पक्राउ गरेको छ ।
ठाकुरगञ्ज प्रहरी चौकी इलाकामा रहेको क्ल्क टावरमा भिडियो बनाउने क्रममा उनलाई पक्राउ गरिएको हो । ठाकुरगञ्ज प्रहरी चौकीमा न्ति भंग गरेको अभियोगमा दफा १५१ बमोजिम नक्कली कलाकारलाई चलान पनि जारी गरिएको छ ।
सामाजिक सञ्जालमा बाक्लो फ्यान फलोइङ भएका डुप्लिकेट अभिनेता प्रायः सडकको बीचमा भिडियो बनाउँदै आएका थिए । उनी सार्वजनिक ठाउँमा चुरोट पिउने, कहिले अर्धनग्न भएर भिडियो बनाइरहेका हुन्थे ।
यसैबीच, नक्कली सलमान खानलाई हेर्न सडकमा ठूलो भीड जम्मा हुँदा ट्राफिक जाम समेत हुन्थ्यो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया