अनुहारको पोतो हटाउने घरेलु विधि
काठमाडौं । छाला सफा र सुन्दर होस भन्ने चाहना सबैलाई हुन्छ । तर हाम्रो चाहनाका बावजुद पनि अनुहारमा विभिन्न कारणले कालो दाग, पोतो, चाया आउँछ । पोतोले हाम्रो सुन्दरता मात्र होइन, आत्मबल पनि घटाउँछ । त्यसैले अनुहारमा चमक ल्याउन र दाग, पोतो हटाउन विभिन्न विधि अपनाउन सक्छौं ।
घामकाे विकिरण, हर्माेनकाे असन्तुलन, पेटसम्बन्धी समस्या वा अन्य कुनै शारीरिक समस्याका कारण पाेताे देखिन सक्छ ।
घ्यूकुमारीको जेल कालो पोतो, चाया देखिएको भागमा लगाउँदा लाभदायक हुन्छ । घ्यूकुमारीको उपयोग छालाका लागि अत्यन्त प्रभावकारी मानिन्छ ।
बेसार, चुत्रोको बोक्रा घोटेर लगाउनाले समेत सामान्य कालो पोतो हटाउन मद्दत गर्छ ।
कुनै खास कारण नभएर देखिने कालो पोतोमा भने घरेलु उपचार पर्याप्त हुने डाक्टरहरु बताउँछन् । घरमै मुसुरो दालको पिठो एक चम्चा, काँक्रोको लेदोकाे पेस्ट बनाएर पनि लगाउन सकिन्छ ।
याेग, व्यायामले पनि पाेताे हटाउन सहयाेग गर्छ । शारीरिक व्यायाम गर्दा पसिना आउने भएकाले पसिनाकाे माध्यमबाट शरीरकाे विषाक्त पदार्थ बाहिर निस्कन्छ र छाला सफा हुन्छ ।
अनुहार सफा गर्ने र पुदिनाको पेस्टमा घरेलु रक्सी अथवा रम दुई वा तीन थोपा राखेर घोल्ने । उक्त पेस्टलाई पोतो आएको ठाउँमा प्याक बनाएर लगाउने र १०–१५ मिनेटपछि चिसोपानीले पखाल्ने गरे पोतो हराउन सहयोग पुग्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया