सोल्टीमोडमा स्कुटर दुर्घटना : एक महिलाको मृत्यु
काठमाडौं । काठमाडौंको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा९४प ८६७६ नंको स्कुटर र ना५ख १९०९ नंको ट्रक ठोक्किँदा स्कुटरमा सवार कीर्तिपुर नगरपालिका–२ ट्याङ्लाफाँट बस्ने ६२ वर्षीय विमलादेवी भट्टराईको आज मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भट्टराईको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक भने घाइते भएका छन् । घाइते स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया