हालाण्डलाई सिटीले अनुबन्ध गर्न लागेको कति सत्य ?
काठमाडौं । नर्वेजियन युवा स्ट्राइकर अर्लिङ हालाण्डलाई लिएर अहिले फुटबल बजार तातिरहेको छ । उनी इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध हुने विषयले फुटबल बजार तातेको हो ।
जर्मन क्लब बोरुसिया डर्टमण्डका स्ट्राइकर हालाण्ड सिटी जाने भन्ने समाचार बाहिरिएको छ । बेलायती सञ्चारमाध्यमहरूले हालाण्ड र सिटीबीच अनुबन्धको लागि सहमति बनेको दाबी गर्दै समाचार छापेको हो ।
सिटीले हालाण्डसँग पाँच वर्षको सम्झौता गर्ने एथ्लेटिक्स युकेले जनाएको छ । सिटीले यसै हप्ता हालाण्डलाई सार्वजनिक गर्ने उसको दाबी छ ।
२१ वर्षीय हालाण्ड २०२० मा अष्ट्रियन क्लब आरबी साल्जवर्गबाट डर्टमण्ड गएका थिए ।
उनलाई भविश्यको सुपरस्टारको रुपमा लिइएको छ । यद्यपि, हालाण्डले अहिलेसम्म आफ्नो देश नर्वेलाई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि छनोट गराउन सकेका छैनन् ।
सर्वाधिक सफल क्लब युनाइटेड च्याम्पियन्स लिगमा त के युरोपा लिगमा समेत छनोट हुन सकेन – NepalWatch
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया