NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सर्पले टोकेर बालकको मृत्यु

दार्चुला । दार्चुलामा सर्पको टोकाइबाट बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महाकाली नगरपालिका–८ असिगडामा चार वर्षीय अनिलसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले दायाँ हातमा टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।