यो वर्ष १३६ दिन सार्वजनिक बिदा
काठमाडौं । सरकारले १ जेठदेखि लागू हुनेगरी आइतबारसमेत बिदा दिने निर्णय गरेपछि यस वर्ष एक सय ३६ दिन सार्वजनिक बिदा परेको छ । तर आठ दिनको बिदा खप्टिएकाले राष्ट्रियस्तरको सार्वजनिक बिदा एक सय २८ दिन हुन्छ ।
‘यो वर्ष ५२ शनिबार परेका छन् । आइतबारसमेत बिदा दिने भएपछि अर्को ५२ दिन थपियो भने चाडपर्व, जयन्ती, दिवसलगायत गरी ३२ दिन बिदा परेको छ । यसरी राष्ट्रियस्तरका बिदा १३६ दिन पुगेको छ,’ गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखाका महासचिव शिवराम पोखरेलले भने,‘तर यसमा आठ दिन बिदा खप्टिएका छन् । खप्टिएका कटाउँदा एक सय २८ दिन बिदा हुन्छ ।’
संघ सरकारले निर्णय गरेर तोकेकाबाहेक क्षेत्रीय बिदासमेत जोड्दा यो संख्या झन् बढ्न । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रदेश दृष्टिगत गरी वर्षमा अतिरिक्त ६ दिन बिदा दिनसक्ने व्यवस्था छ । प्रदेश सरकारले लागू गरेका यस्ता बिदा सांघीय कार्यालयमा समेत लागू हुन्छ । काठमाडौं जिल्लाका तीन जिल्लाका हकमा गृह मन्त्रालयले अतिरिक्त बिदा दिनसक्ने व्यवस्था गत २६ फागुनमा प्रकाशित राजपत्रमा छ । तर सातामा दुई दिन बिदाको निर्णय कहिलेसम्म लागू हुन्छ, यकिन छैन ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया