ब्रिक्स देशले महामारीको प्रारम्भिक चेतावनी दिने प्रणालीको विकास गर्ने
बेइजिङ । ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) का स्वास्थ्य मन्त्रीहरूको १२ औं बैठकले ब्रिक्स देशहरूले ठूलो मात्रामा महामारीको लागि प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने सहमति गरेको छ ।
वस्तुतः चीनले आयोजना गरेको उक्त बैठकमा ब्रिक्स देशका स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका उपमहानिर्देशकसहित ७० जनाभन्दा बढी सहभागी थिए । सिन्ह्वा समाचार एजेन्सीका अनुसार भेटमा प्रतिनिधिहरूले कोभिड-१९ महामारी रोकथाम र नियन्त्रण, नयाँ स्वास्थ्य प्रणालीको निर्माण र डिजिटल स्वास्थ्य जस्ता विभिन्न विषयमा गहिरो छलफल गरेका थिए ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रमुखमा सियाओवेईले गतिशील शून्य कोभिड दृष्टिकोणसहित चीनको प्रति-महामारी नीतिहरू प्रस्तुत गरेका थिए ।
महामारी रोकथाम र आर्थिक विकासबीच सन्तुलन कायम गर्ने चीनको प्रयास बारेमा समेत छलफल गरेका थिए । उक्त बैठकले संयुक्त घोषणापत्र पारित गरेको छ ।
चीनले यस वर्षको जुनमा सियामेनमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने कार्यक्रम छ । ब्रिक्स विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको बहुपक्षीय फोरम हो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया