बैंकमा पनि आइतबार बिदा
काठमाडौं । बैंक तथा वित्तीय संस्था पनि हप्तामा दुई दिन बन्द हुने भएका छन् ।
बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउसलगायत संस्था आइतबार पनि बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ । बाँकी सबै दिनको कार्यालय समय भने बढाइएको छ । जसअनुसार सोमबारदेखि मंगलबारसम्म बिहान ९ः३० देखि ५ः३० बजेसम्म कार्यालय समय हुनेछ । तर कात्तिक १६देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ४ः३० देखि अपराह्न ४ः३० बजेसम्म हुनेछ ।
सेवाग्राहीको एकै दिन सम्पन्न हुने सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चिततासहित सेवा प्रवाहको व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया