तमिल फिल्म बनाउँदै छन् क्रिकेटर धोनी
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी फिल्म निर्माणमा लाग्ने भएका छन् । धोनी तमिल फिल्म उद्योगमा निर्माताको रूपमा डेब्यू गर्न तयार भएका हुन् । यसका लागि धोनीले अभिनेता रजनीकान्तका निकट सहयोगी सञ्जयलाई नियुक्त गरेका छन् । यस फिल्ममा साउथ अभिनेत्री नयनतारा मुख्य भूमिकामा देखिनेछिन् ।
मिडिया रिपोर्टका अनुसार धोनी अहिले आईपीएलमा व्यस्त छन् र यो सिजनपछि उनले फिल्मको आधिकारिक घोषणा गर्न सक्नेछन् । चलचित्रको छायांकन पनि यसै महिनाबाट सुरु हुनेछ ।
धोनीको तमिल फिल्म उद्योगसँग पहिलेदेखि नै सम्बन्ध रहेको छ । क्रिकेटर आफ्नो बायोपिक ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ को प्रमोशनमा पनि संलग्न थिए । उनको बायोपिक धेरै भाषामा एकैपटक रिलिज भएको थियो ।
बायोपिकले दक्षिणी राज्यमा पनि राम्रो व्यापार गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया