अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै
काठमाडौं । बिहिबार अन्तर्राष्ट्रिय नर्स दिवस हो । प्रत्येक मे १२ मा उक्त दिवस मनाइन्छ ।
देशभर विविध कार्यक्रम गरी नर्स दिवस मनाइँदै छ । नर्स दिवसको उपलक्ष्यमा सम्बन्धित कलेज तथा संघसंस्थाले कार्यक्रम आयोजना गरेका छन् ।
उक्त दिवस ‘नर्सहरुः नेतृत्व गर्ने एउटा आवाज–नर्सिङमा लगानी गरी विश्व स्वास्थ्य सुनिश्चित गर्न अधिकारहरुको सम्मान गर्रौ’ नारासहित मनाउन लागिएको हो ।
नेपाल नर्सिङ परिषदको तथ्यांक अनुसार नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका नर्स गरी ४८ हजार ९ सय भन्दा बढी नर्स कार्यरत छन् ।
नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिगेलको जन्मदिनको सम्झनामा नर्सिङ दिवस मनाइन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया