बीमा कम्पनीमा हप्तामा दुई दिन विदा दिन समितिको निर्देशन
काठमाडाैं । सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा दिने निर्णय गरिसकेको छ । सरकारी कार्यालयसहित सहकारी र बैंकमा पनि यो नियम लागू हुने भएसँगै अब बीमा कम्पनीहरूमा पनि दुई दिन विदा दिन बीमा समितिले निर्देशन दिएको छ ।
सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै उक्त व्यवस्थालाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको छ । हप्तामा दुई दिनको विदा दिएसँगै कार्यालयको कार्य अवधि भने थप भएको छ । अहिलेसम्म प्रत्येक विहान १० बजे कार्यालय खुल्ने र ५ बजे बन्द हुने गरेको छ । अब भने विहान ९:३० बजे कार्यालय खुल्ने र ५:३० बजे बन्द हुने व्यवस्था राजपत्रमा उल्लेख गरिएको छ ।
दशैं र तिहारको सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिन भएमा तेस्रो दिनदेखि सेवा प्रवाह गर्नुपर्ने राजपत्रमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया