जेठ २ गतेसम्म अदालत बन्द
काठमाडौं । स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ ।
सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले आज जारी गरेको सूचनामा यही वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द रहने उल्लेख छ ।
अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम आगामी जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया