बाँकेमा वाइसिएल नेतामाथि खुकुरी प्रहार
नेपालगञ्ज । बाँकेमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) का एक नेतामाथि खुकुरी प्रहार भएको छ । कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा नेता राजु शाहीमाथि खुकुरी प्रहार हुँदा उनी घाइते भएका हुन् ।
घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न केही व्यक्तिलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले जनाए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया