बाँकेमा वाइसिएल नेतामाथि खुकुरी प्रहार
नेपालगञ्ज । बाँकेमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) का एक नेतामाथि खुकुरी प्रहार भएको छ । कोहलपुर नगरपालिकाको कौशिल्यानगरमा नेता राजु शाहीमाथि खुकुरी प्रहार हुँदा उनी घाइते भएका हुन् ।
घाइते शाहीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न केही व्यक्तिलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले जनाए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया