रिभर फल्स पावरको आइपिओमा मागभन्दा २ गुणा बढी आवेदन
काठमाडाैं । रिभर फल्स पावरको आइपिओमा बिहीबारसम्ममा मागभन्दा २.८८ गुणा बढी आवेदन परेको छ । बिहीबार पाँच बजेसम्ममा ६ लाख २१ हजार ८४४ जना आवेदकबाट ७३ करोड ३१ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
कम्पनीले बुधबारदेखि प्रतिसेयर सय अंकित दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर जारी गरेको छ । जसमा २ प्रतिशत सेयर कर्मचारीका लागि ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्टाइएको थियो ।
उक्त सेयर कम्पनीले छिटोमा जेठ चार र ढिलोमा जेठ ११ गते बन्द गर्ने जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सर्वसाधारणले जारी आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया