रिभर फल्स पावरको आइपिओमा मागभन्दा २ गुणा बढी आवेदन

काठमाडाैं । रिभर फल्स पावरको आइपिओमा बिहीबारसम्ममा मागभन्दा २.८८ गुणा बढी आवेदन परेको छ । बिहीबार पाँच बजेसम्ममा ६ लाख २१ हजार ८४४ जना आवेदकबाट ७३ करोड ३१ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
कम्पनीले बुधबारदेखि प्रतिसेयर सय अंकित दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर जारी गरेको छ । जसमा २ प्रतिशत सेयर कर्मचारीका लागि ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्टाइएको थियो ।
उक्त सेयर कम्पनीले छिटोमा जेठ चार र ढिलोमा जेठ ११ गते बन्द गर्ने जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सर्वसाधारणले जारी आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया