नुवाकोटको तारकेश्वरमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले
काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।
ताजा विवरणमा कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार शिव अधिकारीले १८७ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार रमेशबहादुर वस्तीले ७९ मतका साथ पछ्याइरहेका छन् ।
त्यसैगरी उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ । तर यसमा मतान्तर निकै झिनो छ । निर्वाचत अधिकृतको कार्यालयका अनुसार, माओवादी केन्द्र र एमाले उपाध्यक्षका उम्मेदवारले हासिल गरेको मत क्रमशः ९३ र ८५ छ ।
६ वटा वडा रहेको यो गाउँपालिकको वडा नं. ६ बाट मतगणना सुरु भएको हो । वडा नं. ६ को वडाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । वडा नं. ६ का कांग्रेस वडाध्यक्ष उम्मेदवारले १३६ मत हासिल गर्दा एमालेका उम्मेदवारले ९७ र माओवादीका उम्मेदवारले ४८ मत पाएका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया