पश्चिम रुकुमको सानीभेरी १ मा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्रको प्यानल नै विजयी
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ मा माओवादी केन्द्रले खाता खोलेको छ ।
मतदान अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडाअध्यक्षमा माओवादीका टेकबहादुर पुनको प्यानल नै विजयी भएको हो । पुनले ५ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।
त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले अग्रता लिएका छन् । उनले ५ सय ४७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार गोरखप्रसाद चन्दले २ सय ८० मत पाएका छन् । सत्तागठबन्धनभित्र चुनावी तालमेल भएपनि यस गाउँपालिकामा एमाले र कांग्रेसबीच तालमेल भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया