पश्चिम रुकुमको सानीभेरी १ मा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्रको प्यानल नै विजयी

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ मा माओवादी केन्द्रले खाता खोलेको छ ।
मतदान अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडाअध्यक्षमा माओवादीका टेकबहादुर पुनको प्यानल नै विजयी भएको हो । पुनले ५ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।
त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले अग्रता लिएका छन् । उनले ५ सय ४७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार गोरखप्रसाद चन्दले २ सय ८० मत पाएका छन् । सत्तागठबन्धनभित्र चुनावी तालमेल भएपनि यस गाउँपालिकामा एमाले र कांग्रेसबीच तालमेल भएको थियो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया