नुवाकोटको तारकेश्वरमा एमाले लगातार पछाडि
काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा अघिल्लोपटक जित निकालेको नेकपा एमाले निरन्तर सत्तागठबन्धनभन्दा पछाडि परेको छ । गाउँपालिकाको वडा नं. ६ को जारी मतगणनामा सत्तागठबन्धनका उम्मेदवारले निरन्तर लिड गरिरहेका छन् ।
पछिल्लो ताजा मत परिणाममा त्यहाँ कांग्रेसका अध्यक्ष उम्मेदवार शिव अधिकारीले ६११ मत पाएका छन् । उनलाई सुरुदेखि नै पछ्याइरहेका एमालेका उम्मेदवार रमेशबहादुर वस्तीको मत ३६४ छ ।
उपाध्यक्षमा पनि सत्तागठबन्धनबाट उम्मेदवार बनेका माओवादीका हरिप्रसाद रिमालले लिड गरिरहेका छन् । तर अध्यक्षको तुलनामा उनको मतान्तर निकै कम छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, रिमालले ३७६ मत ल्याउँदा उनलाई एमालेकी कोपिला भट्टले ३७६ मतका साथ टक्कर दिइरहेकी छन् ।
अहिले यहाँको वडा नं. ६ को मतगणना भइरहेको छ । वडामा भने एमाले उम्मेदवार अगाडि छन् । त्यहाँ एमाले वडाध्यक्ष उम्मेदवारले ४३१ ल्याउँदा कांग्रेसका प्रतिस्पर्धीले ३७४ मत पाएका छन् । अब त्यहाँ मात्रै १३३ मत गणना हुन बाँकी छ । एमाले उम्मेदवारले गणना हुन बाँकी मतभन्दा फराकिलो अन्तरले कांग्रेस उम्मेदवारलाई पछि पारेकाले त्यहाँ उनको जित सुनिश्चित देखिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया