पोखरा महानगरपालिकामा एमाले र एकीकृत समाजवादीबीच रोचक भिडन्त, आचार्यको अग्रता कायमै

काठमाडौं । काठमाडौंपछि दोस्रो ठुलो मतदाता रहेको पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आयार्य ६१३ मतसहित अग्रता कायमै राखेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५८३ मत पाएका छन् । राप्रपाका शंकर खरालले ९८ मत पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अहिसम्म १८०० मत गणना भएकोमा उम्मेदवारबीचको मतान्तरण जम्मा ३० मतको रहेको छ ।
गत निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेको पोखरामा यसपट आफ्नै पूर्वसहकर्मीसँग रोचक प्रतिस्पर्धा गर्दैछ ।
ताजा अपडेट
-
माओवादीप्रति जनताको विश्वास बढ्यो, ०८४ मा ०६४ फर्काउँछौं : प्रचण्ड
-
कुलमानदेखि युवराज अधिकारीसम्मका व्यक्तिविरुद्ध अनुसन्धान गर्दै लेखा समिति
-
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
-
सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने
-
सामसङको नयाँ स्मार्टफोनको प्रि-अर्डर गरी पाउनुहाेस् विशेष अफर
प्रतिक्रिया