पोखरा महानगरमा चार ढ्वाङ गन्दा यस्तो छ मतपरिणाम
पोखरा । करिब २४ घण्टामा पोखरा महानगरपालिकामा ४ मतपेटिकाको मत मात्रै गणना भएको छ ।
हिजो करिब ९ बजेबाट शुरु भएको मतगणना निरन्तर चलिरहेको छ ।
अहिलेसम्मको मतगणनामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ६१३ मत ल्याएर अग्रता कायम राखेका छन् ।
एमालेका उम्मेदवार कृष्ण राना ५८३ मत ल्याएर पछ्याइरहेका छन् । राप्रपाले जम्मा ९८ मत प्राप्त गरेको छ ।
उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाटले ७ सय १६ मतले अग्रता लिएकी छिन् । एमालेकी मञ्जुदेवी गुरुङले ५ सय ८३ मत पाएकी छिन् । मत गणना भने जारी रहेको छ ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया